सिरहा । सिरहा जिल्लामा सकृय रुपमा पत्रकारितामा आवद्ध रहेका पत्रकारहरुले एक्टिभ जर्नालिष्ट नेटवर्क सिरहा गठन गरीएको छ ।
कार्तिक १२ र १३ गते दुई दिनको बैठकले क्रियाशिल पत्रकारहरुले सो संगठन निर्माण गरेको हो । प्रेस स्वतन्त्रता माथि आँच पु¥याउँने तथा पत्रकारहरु माथि हुने अवाञ्छित भौतिक, मानसिक आक्रमणको संगठित रुपमा प्रतिरोध गर्ने उद्देश्य राखि सो संगठन निर्माण गरिएको छ । नेटवर्कको संयोजकमा नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार दिलीप सिंहलाई चयन गरिएको छ ।
नेटवर्कको सदस्यहरुमा प्रेस स्वतन्त्रता सेनानी दिनेश देव , कान्तिपुरकर्मी देव नरायण साह अनुकल्प दैनिकका सम्पादक अर्जुन थपलिया, रासस प्रतिनिधी संतोष यादव, नागरिककर्मी मिथिलेश यादव, नेपाल पत्रकार महासंघ सिरहाका पुर्व अध्यक्ष रामानन्द गुप्ता, प्रेस चौतारी नेपाल सिरहाका जिल्ला अध्यक्ष रामभरोसी महतो ,मधेशी पत्रकार समाज सिरहाका अध्यक्ष बद्री नारायण यादव, अग्रज पत्रकार अनिरुद्ध ठाकुर, दुर्गा परियार, शुभ नारायण कामती, दिलीप सहनी, फिरोज शेष, राजेश विद्रोही, राज कुमार राउत, जीवछ चौधरीलाई चयन गरिएको नेटवर्कद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी एक्टिभ जर्ना्लिष्ट नेटवर्क सिरहाले आइतवार एक प्रेस विज्ञप्ती जारी गर्दै कान्तिपुरकर्मी पत्रकार देव नारायण साहलाई चेलीवेटी बेचविखनमा संलग्न भन्दै प्रहरीले पक्राउ गरी कागज गराई जमानीमा छाडेको घटना कपोकल्पीत रहेको ठहर गरिएको छ । साहलाई बदलाको भावनाले फसाउन खोजेकोले सिंगो  प्रेस माथि अंकुश लगाउने प्रयास भएको जनाउदै सोको भत्र्सना गरेको छ । प्रहरीको बदनीयतपूर्ण र विपक्षमा समाचार लेखेको कारण प्रतिशोध लिने कार्य प्रति नेटवर्कको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको निष्पक्ष छानविन गरी सत्थतथ्य बाहिर ल्याउन र पत्रकार साह माथि गरिएको अनुचित व्यवहारका लागि दोषी प्रहरी उपर कारवाही गर्न जोडदार माग समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको