आशुतोष आनन्द सिंह
राजविराज, पुस । नेकपा एमाले जिल्ला कमिटि सप्तरीले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेला शनिबार कचन्दाहामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशका केही पार्टीले विरोधीको मानसिकताका साथ एमालेलाई बदनाम गर्न विना कारण, अधार र प्रमाण एमालेलाई मधेश विरोधी रहेको हल्ला फैलाएको बताएका छन् ।
हिटलरका प्रचारकले समेत झुठो कुरालाई सय चोटी बोल्दा उक्त कुरा सही हुन जाने गरेको स्मरण गराउँदै सोही कुरालाई आत्मसात गरेर देशका केही क्षेत्रीय पार्टीले एमाले मधेश विरोधी हो भनी भ्रम फैलाएर जनताको आँखामा छारो हालेर भ्रममा फसाउन खोजेको बताउँदै त्यस्तो मनसाय कहिल्यै पनि सफल नहुने बताए ।
एमालेलाई मधेश विरोधी भन्नेलाई आधार प्रमाण पेश गर्न उनले चुनौति समेत दिए । विश्वमा थोरै मात्र मुलुक रहेको व्याख्या गर्दै उनले १५ मिनेटको यात्रा गरेर गर्मी भएको ठाउँको मानिस पहाडको चिसो हावा खान सक्ने तथा धेरै जाडो भएको मानिसले सोही अवधिमा समतल भूमिमा गएर तातो घामको अनुभव लिन सक्ने देश नेपाल मात्र रहेको भन्दै सबै नेपाली रहेको तराई, हिमाल र पहाड भाइ–भाईको बन्धुत्वको भावनाले देश बनाउनु आवश्यक रहेको उनको कथन रहेको थियो ।
नेपालमा रहेको हरेक समुदायको हितको रक्षाका लागि लडने पार्टी एमाले मात्र रहेको बताउँदै जातीय, वर्गीय, धनी, गरिब, बीचको विभेद हटाउन विश्वमा सदैव कार्लमाक्र्सको सिद्धान्तमा कम्युनिष्टहरुले प्रयास गरेको स्मरण गर्दै धेरै मुलुकमा सफल समेत भएको उनले बताए ।
विगतमा गाँस, बाँस र कपासको आवश्यकतालाई मानवअधिकारको प्रारम्भिक आवश्यकता मानिए तापनि आधुनिक जगतमा नेपाली समाजलाई आधुनिकीकरण गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीको नाराका साथ एमाले बढेको उनको कथन रहेको थियो ।
शिक्षा विना जीवन अन्धकार हुने मान्यतालाई आत्मसात गर्दै एमाले सरकारले शिक्षामा लगानी गर्न सरकारलाई पटक पटक आग्रह गरेको बताउँदै सो सम्बन्धमा सरकार गम्भिर नरहेको आरोप समेत लगाए । मधेशी समुदायको व्यक्तिलाई राष्ट्रपति तथा उपराष्ट्रपति समेत एमालेले नै बनाएको तर्क दिँदै आफुले काँग्रेसका नेता गिरिजा प्रसाद कोइरालालाई फोन गरेर रामवरण यादवलाई राष्ट्रपति तथा परमानन्द झालाई उपराष्ट्रपति बनाउन सुझाएको समेत उनले जिकिर गरे ।
आफु रक्षामन्त्री हुँदा नेपाली सेनामा मधेशी, महिला, दलितलाई सेनामा भर्ना गराएको दावी गर्दै दलित र मुस्लिमका छोरीहरुको लागि छुट्टै स्टाफ नर्स कलेज रौतहट, सुनसरी, सप्तरीमा एमालेले खोलेको र प्राविधिक शिक्षामा पहुँच पु¥याएको बताउँदै उनले एमालेले पछिल्लो सरकारी कार्यकालको नौं महिना मेरै काम गरेको दावी गरे ।
मधेशवादी दलका नेताले मधेशको विकास नगरी राष्ट्रको सदरमुकाम काठमाण्डौंमा पाँच तल्ले भवन आफना लागि ठडयाएको आरोप लगाउँदै उनले भने ‘विदेशीहरु यतिखेर नेपाल हस्तक्षेप गर्न खोज्दैछ त्यसलाई एमालेले परास्त गरेको छ, राष्ट्र हितमा काम गर्ने नेपालकै एक मात्र पार्टी एमाले हो’
आफुहरुले बृद्ध बृद्धाको लागि बृद्धा भत्ता लागू गरेर देशका बृद्धबृद्धाहरुलाई सम्मान गर्दै अर्को चोटी सरकारमा आउँदा बृद्धा भत्ता दोब्बर गरेको बताउँदै स्थानीय निकाय निर्वाचन तथा प्रदेश निर्वाचन र केन्द्रिय निर्वाचनमा पूर्ण बहुमतका साथ नेकपा एमालेलाई जिताउँन सर्वसाधारण बीच आग्रह समेत गरे ।
नेकपा एमाले सप्तरी जिल्ला कमिटिका अध्यक्ष गोविन्द न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला कमिटिका उपाध्यक्ष अब्दुल मजिद साबिकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रममा स्थानीय मधुपट्टि बालज्योति बाल क्लबका बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।
आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य समुनराज प्याकुरेल, पोलिटव्यरो सदस्य रामपृत पासमान, पूर्व सांसद जगदिश साह, सांसद ताराकान्त चौधरी, अनेरास्ववियूका पूर्व केन्द्रिय उपाध्यक्ष सुधीर साह लगायतका ले आफना धारणा राखेका थिए भने नेकपा एमाले जिल्ला कमिटि सचिवले कार्यक्रम संचालन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost