राजविराज । सप्तरीमा प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । मृत्यू हुनेमा गाविस मलेठ २ निवासी २५ बर्षीय सञ्जन मेहता र डिमनका ३५ बर्षीय दिगम्बर यादव रहेका छन् ।
एमालेको मेची–महाकाली अभियान अन्तर्गत गजेन्द्र नारायण सिंह राजविराज औद्योगिक क्षेत्रमा कार्यक्रम चलिरहँदा बाहिर प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक झडप भएको र सोही क्रममा प्रहरीले चलाएको गोली लागेर मेहताको मृत्यु भएको हो ।
झडपका क्रममा ११ जना प्रदर्शनकारी घाईते भएको छ र उनीहरुलाई उपचारको लागि विपी कोईराला विज्ञान प्रतिष्ठान घरान लगिएको छ ।
एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाउनुका साथै एक दर्जन गाडीमा तोडफोड गरेका थिए ।
प्रहरीले भिड नियन्त्रणमा लिन दर्जनौं राउण्ड अश्रु ग्यास तथा हवाई फायर समेत गरेका थिए ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले एमालेको कार्यक्रम हुन नदिने घोषणा गरेपछि सदरमुकाम राजविराजको अवस्था विहनैदेखि तनावग्रस बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost