
काठमाडौं । उपप्रधान मन्त्री एवं परराष्ट्र मन्त्री श्री कृष्ण बहादुर महरा र उपप्रधान तथा शिक्षा मन्त्री गोपाल मान श्रेष्ठसँग नेपालको लागि भारतीय राजदूत मन्जिभ सिंह पूरी विच बुधवार भेट भएको छ ।
भेटका क्रममा शिक्षा क्षेत्रमा नेपाल–भारतबीच सहयोग आदानप्रदान गर्ने छलफल भएको बताइएको छ ।
शिक्षा क्षेत्रमा विगतमा पनि भारतले सहयो गदै आएको र अहिले पनि उल्लेखनिय सहयो हुने भारतीय राजदुत पुरी भेटको क्रममा बताउनु भयो । यसै विच परराष्ट्र मन्त्री महराको भेटमा नेपाल र भारतबीचको सम्बन्ध अझै वृहत्त र सशक्त बनाउने बारे छलफल भएको जनाइएको छ । पुरीले नेपालमा लोकतन्त्रको विकास एवम् नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाउन आफु लागिरहने बताउनु भयो ।
साथै उनले नेपाल र भारतका बीच भएका संझौता एवम् सहमतीहरुको कार्यान्वयन गराउँदै दुई देशको सम्बन्धलाई थप बलियो बनाउन आफु क्रियाशिल रहने बताउनु भयो । उहाले विविध क्षेत्रमा नेपाल र भारतबीचको सद्भाव वृद्धि गर्ने र आउने दिनमा बहुआयामिक क्षेत्रमा सम्बन्ध विस्तार हुन समेत बताउनुभयो ।