राजविराज– चितवनको भरतपुरस्थित सैनिक इक्वाइन बृडिङ सेन्टरमा भारतीय सेनाद्वारा नेपाली सेनालाई सहयोगस्वरुप घोडा प्रदान गरेको छ ।
विभिन्न जातका सातवटा घोडा र घोडी भारतीय राजदूत मन्जिव सिंह पुरीले प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई हस्तान्तरण गरेको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति क्षेत्रीले सहयोगले वृडिङ सेन्टरबाट उत्पादन भएका घोडाघोडी नेपाल क्याभलरी, नेपालका मठमन्दिर र नेपाल प्रहरीलाई समेत उपलब्ध गराउने बताए ।







