राजविराज । सप्तरीको तिलाठी कोइलाठी गाउँपालिकाका एक कर्मचारी आज घुससहित रंगेहात पक्राउ परेका छन् ।

भौतिक पूर्वाधार शाखामा, कार्यरत कार्यालय सहायक तिलाठी कोइलाडी ३ सकरपुराका राजकुमार मण्डललाई ७० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले ७० हजार रुपैयाँ घुससहित मण्डललाई कार्यालयबाटै पक्राउ गरेको हो । अख्तियारको टोलीले उनलाई राजबिराज नगरपालिका ५ स्थित सम्पर्क कार्यालयबाट पक्राउ गरेको हो ।
तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुराको सडक बाटो निर्माण गर्ने उपभोक्ता समितिसँग घुस लिएवापत मण्डललाई पक्राउ गरिएको अख्तियारका प्रहरी निरीक्षक राजन कार्कीले बताउनुभयो । बाटो निर्माण सम्पन्न भएपनि घुसविना फरफारक गर्न नमानेपछि उपभोक्ता समितिले अख्तियारमा जानकारी गराएको थियो ।
मण्डललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि आइतबार आयोगको काठमाडौंस्थित कार्यालय लगिने अख्तियारको टोलीले जनाएको छ ।
यसअघि जिल्ला समन्वय समिति सप्तरीका नायव सुब्बा ५७ वर्षीय युगेश्वरप्रसाद यादव एक लाख ३५ हजार रुपैयाँ घुससहित कार्यालयको लेखा शाखाबाटै रंगेहात पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको