राजबिराज । सप्तरीको बोदेवर्साइन नगरपालिकाले दशै लगायतको चाँडपर्वमा मेला लगाउन २३ लाख रकम विनियोजन गरी भुक्तानी गर्ने कार्यपालिकाबाट निर्णय गरेको छ ।
नेपाल- भारत सीमा नजिककै रहेको यो पालिका विकासीय दृष्टिकोणले पछाडी परेको मानिन्छ यद्यपि स्थानीय सरकारले नगरको भौतिक र सामाजिक विकास भन्दा आवश्यक विषयमा लाखौ रकम खर्चिदै आएकोप्रति स्थानीयहरुद्वारा चौतर्फी विरोध हुदै आएको छ ।
नगरपालिकाको कार्यवाहक नगर प्रमुख रेणु साह भन्नुहुन्छ -मेला लगाउन २३ लाख रकम निकासा दिने कार्यपालिकाले निर्णय गरे पनि हालसम्म भुक्तानी भएको छैन । यस विषयमा हाकिमसँग बुझ्नु भन्दै सम्पर्क बिहिन भएका थिए ।
हुन त यस्ता काममा पहिला पनि नगरले बढी खर्च गर्दै आएको तथ्य छ । तर यसपटक वडाको बजेट सिलिङग ९० लाखबाट घटाएर ६० लाख मात्र दिएर नगरको बजेट अनावश्य खर्च गरिरहेको नेपाली कांग्रेसका स्थानीय नेता दिपेन्द्र यादव बताउँछन् ।
यो वर्ष नगर स्तरीय फुटवल प्रतियोगिताको लागि दश लाख वडा नम्बर-७ मा मेला लगाउन डेढ लाख, मूर्ति व्यवस्थापन गर्न तीन लाख ,अन्य वडालाई मेला लगाउन दिएको रकम सहित २३ लाख रकम मेलाको नाममा छुट्याएको छ ।
विकासको नाममा नगरकार्यपालिकाको भवन र केही फाटफूट ढलान बाहेकको खासै काम देखिदैन । नगरपालिकाको ६,८ र ९ वडाका नागरिकलाई वडाबाट निस्कने सडक बाटो छैन ,बाटोको अभावले नागरिको जीवन अस्तव्यस्त रहेको यथार्थ हो ,तर बोदेवर्साइन बजारलाई मात्र लक्षित गरेर कार्यपालिकाले मेलाको नाममा लाखौ रकम छुट्याउनु विरोधाभाष रहेको स्थानीय नेता अनोज कुमार यादवले बताए । वडामा साठी लाखले मात्रै बिकासको कामले पुर्णता नहुने स्थानीयहरु बताउछन् । वडामा एउटा ढलान सडक र कल्भर्ट बनाउदै बजेट सकिन्छ ।
दशैं लगायतको चाँडपर्वमा नगर पालिकाको विभिन्न ठाउँमा मेला लगाउने भनेर कार्यपालिकाले रकम दिने निर्णय गरे पनि हालसम्म निकासा नदिएको प्रमुख प्रशासकिय अधिकृत दिलिप यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
1
6
0
2
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको