काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकार मुलुकको ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्ने लक्ष्यमा रहेको बताएका छन् ।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले सुशासनलाई म्याक्रो र माइक्रो गरी दुई तहमा विभाजन गरेर सुधारका काम अगाडि बढाएको स्पष्ट पारेका हुन् ।
उनका अनुसार म्याक्रो सुशासन अन्तर्गत राज्यका नीति र संयन्त्रमा देखिने संस्थागत कब्जा तथा ‘क्लेप्टोक्रेसी’ प्रवृत्तिलाई अन्त्य गर्ने काम भइरहेको छ ।
यसैगरी माइक्रो सुशासनअन्तर्गत आम जनताले पाउने सेवा प्रवाह सुधार गर्ने, सरकारी अड्डामा लाइन बस्नु नपर्ने, घुस खुवाउनु नपर्ने र हातहातकै फोनबाट डिजिटल माध्यममार्फत सेवा पाउने सुनिश्चितता गर्न सरकार लागेको पनि उनले बताए ।
मन्त्री वाग्लेले भने-‘हामी सुशासनलाई म्याक्रो र माइक्रो दुवै तहमा सुधार गर्दैछौँ । नीतिगत कब्जा र लुटतन्त्र अन्त्य गर्ने मोडमा हामी छौँ।’
यस्तै पछिल्लो समय विवादास्पद व्यापारी दीपक भट्ट र उनका साझेदार व्यापारीहरूमाथि भएको कारबाहीबारे उठेका प्रश्नप्रति स्पष्ट पार्दै उनले अपराध गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइने बताए ।
तर इमान्दार व्यवसायीलाई भने डराउनु पर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।
इमानदार व्यवसायीहरूलाई नडराउन आग्रह गर्दै उनले भने, ‘गल्ती नगरेका, दुःख गरेर कमाउने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरू आत्तिनुपर्दैन ।







