जनकपुरधाम । धनुषामा ठुलो परिणामको लागूऔषध (गाँजा)सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा स्थानीय २६ वर्षीय गणेश कुमार यादव र २४ वर्षीय जितेन्द्र कुमार यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले धनुषाको मुसहर्निया गाउँपालिका-६ स्थित लक्ष्मिनियाँ क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि निगरानी तथा नियन्त्रण अभियान सञ्चालन गरेको थियो।
शुक्रबार बिहान विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा पाँच बोरामा राखिएको १३७ केजी गाँजा बरामद गरिएको थियो ।
साथै, घटनास्थलबाट बीआर ३२ डी ५८८२ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल फोन पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कानुनी प्रक्रिया अघि बढाएको छ।







