राजविराज – स्थानीयतहहरुमा व्यापकरुपमा भ्रष्ट्राचार भइरहेको अवाज उठिरहेको बेला एक वडाका स्थानीयवासीहरुले भण्डाफोरको शुरुवात गरेका छन ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर–७, सबैया टोल जाने बाटोमा सडक मर्मत कार्यका लागि दिइएको रु ५० हजार बजेटमा कामै नगरि कार्यालयले व्यक्तिगत उज्वल चौधरी थारुको नामवाट ए.सी. चेक मार्फत भुक्तानी दिएको खुल्न आएको छ ।
उक्त रकम भुक्तानीका लागि वडा नम्वर ७ का वडा सदस्य आशा देवी चौधरीको अध्यक्षतामा गत असोज २ गते स्थानिय सहितको बसेको बैठकमा बजेट दुरुपयोग बारे छलफल भएको बुझिएको छ ।
नगरपालिकामा भुक्तानीका लागि उज्वल चौधरीले एकल निवेदन दिइएको र सो निवेदनमा तत्कालिन निमित्त प्रमुख प्रशासकिय अधिकृत महेश कुमार यादवले तोक आदेश गरेका थिए ।
योजना शाखाका सव इन्जिनियर मनोज कुमार चौधरीले इष्टिमेट तयार पारेको, योजना तयार गरि जाँच गर्ने काम ईन्जिनियर बहादुर चौधरीले गरेको र योजना प्रमुख ईन्जिनियर बोधराम यादवले कार्य सम्पन्न प्रतिवेदन तयार पारेको पाइएको छ ।
अधिकृत देखि सब अभरसियर र इन्जिनियर सम्मको मिलोमतोमा फर्जी बिल भरपाई वनाएर लेखालाई भुक्तानीका लागि मा सिफारिस गरेको रहस्य सार्वजनिक भएको छ । यसरी बजेटको दुरुपयोग बारे स्थानियले थाहापाए पछि भण्डाफोर गर्न उनीहरु लागि परेका छन् ।

आ.व.२०७६\०७७ मा अनुदान रकम ५० हजार बाट ७ सय ५० रुपैया करकट्टी गरि .४९ हजार २ सय ५० रुपैयाको ए.सी.चेक नम्वर ०३८०१९४३२ बाट उज्वल चौधरीको नाँउमा भुक्तानी दिइएकोले सम्पुर्ण कागजात प्रमाण सहित कारवाही गर्न नगरपालिका कार्यालयमा माग गर्ने निर्णय गरेको छ ।
शम्भुनाथ नगरपालिका कार्यालयमा स्थानीय रामनारायण चौधरी, रमानन्द चौधरी, तेजनारायण चौधरी र नरेन्द्र चौधरी लगायतले दोषीलाई कारवारही गर्न माग गरेका छन् ।
यता नगर प्रमुख योगेन्द्र प्रसाद चौधरीले रकम भुक्तानी गर्ने बेलामा आफुलाई कुनै जानकारी नै नदिई रकम भुक्तानी भएको थाहा पाए लगतै दोषीलाई कारवाहीको लागी प्रक्रिया अगाडी बढाई सकेको जानकारी दिए ।
आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय सप्तरीले नगरपालिकालाई पत्राचार गरि सकेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको