राजविराज – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज (सोमवार) सप्तरी सहित देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको हो । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार सप्तरीमा सदरमुकाम राजविराजमा पनि सोमवार दिउँसो ¥याली निकालिएको हो ।

No description available.
जिल्लाभरबाट उपस्थित नेता कार्यकर्ताहरुको उपस्थितिमा राजविराजको राजरंगशालाबाट सुरु भएको ¥याली नगर परिकर्मा गर्दै जनआन्दोलन चोक गएर कोण सभामा परिणत भएको थियो ।

No description available.
कांग्रेस सप्तरीका सभापति दिनेश यादवको अध्यक्षता एवं केन्द्रिय सदस्य चित्रलेखा यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा आमन्त्रित केन्द्रिय सदस्य हेमराज तातेड , नेताहरु रामकुमार चौधरी , सकलदेब सुतिहार जिल्ला सचिव राकुमार यादव सहितका नेताहरुले सम्वोधन गरे । सप्तरी जस्तै देशका अन्य जिल्लाहरुमा पनि केन्द्रिय नेताहरुको उपस्थितिमा प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ ।

No description available.
कांग्रेसले देशमा महिला हिंसा र बलात्कार, भ्रष्टचार, अनियमितता बढ्दापनि सरकार मौन रहेको भन्दै खबरदारी स्वरुप संसद बैठक आह्वान गर्न सडकबाट ध्यानाकर्षण गराउने तयारी गरेको छ । तनहुँमा पुलको उद्घाटन गर्न जाँदा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार भएपछि कांगे्रस सरकारविरुद्ध आक्रमक भएर प्रस्तुत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको