राजविराज । संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपालले सप्तरीको राजविराज सहित देशको विभिन्न स्थानमा बुधबार विरोध प्रदर्शन गरेका छन ।

No description available.
पार्टीको सोमवार सम्पन्न आकस्मिक बैठकले गरेको निर्णय अनुसार देशैभरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभाको बिघटन विरुद्ध प्रदर्शन गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध र्यालीका सहभागीहरुले नाराबाजी गरेका छन् ।

No description available.
यसैक्रममा संसद पुनस्र्थापनाको माग गर्दै राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट निकालिएका र्याली राजविराजको गजेन्द्र चौक, शहिद चौकसहित नगर परिक्रमा गरेको छ । नगर परिक्रमा पश्चात गजेन्द्र चौकमा आयोजना गरेको विरोध सभालाई पार्टीका केन्द्रीय कार्यसमिति सदस्य रेणु यादव , संधिय सांसद चन्द्रकान्त चौधरी , प्रदेश सभा सदस्य नेत्रविक्रम शाह , विद्यार्थीका केन्दीय अध्यक्ष किसोर कुमार यादव सहितका नेताहरुले सम्बोधन गरेका छन् ।

No description available.
यसअघि जनता समाजवादी पार्टीले मंगलवार पाँच दिने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । पुस ८ गते बुधवार देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्ष तयारीकालागि देशभरी पार्टी कमिटीहरुको बैठक, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको