संखुवासभा– संखुवासभाको चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ ।

दोहोरो गोली हानाहान भए पनि कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ ।

दिउँसो ३ बजेदेखि चन्द समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

गस्तीमा रहेको प्रहरीलाई उनीहरुले आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको उनले जानकारी दिए । प्रहरीले गोली चलाएपछि उनीहरुले बिस्फोटक पदार्थ छाडेर जंगलतिर भागेका थिए । प्रहरीले उनीहरुको खोजी जारी राखेको जनाएको छ ।

चन्द समूह कार्यकर्ताले गोली चलाएपछ प्रहरीले पनि जवाफी फायरिङ गरेको प्रजिअ आचार्यले जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको