काठमाडौ  । नेपालमा राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न समीकरण र नामहरू बाहिर आइरहेको बेलामा नेपालका लागि चिनियाँ राजदूत छन् सङले राजनीतिक भेटवार्तालाई सक्रिय बनाएका छन् । राजदूत छन् बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन् ।

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय दिन दुई दिन बाँकी रहँदा राजदूत छन्‌ले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका हुन् ।

नेपाल आएपछि राजदूत छन्‌को प्रधानमन्त्री दाहालसँग यो दोस्रो भेटवार्ता हो । यसअघि उनीहरूबीच माघ २ मा बालुवाटारमै पहिलो भेटवार्ता भएको थियो । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भेटवार्ताबारे जानकारी दिँदै राजदूत छन् बोआओ फोरमको निम्तो दिन बालुवाटार आएको बताए । चैत १४ देखि १७ सम्म चीनको हैनान प्रान्तमा हुँदै छ । परराष्ट्र स्रोतका अनुसार उक्त निम्तो दाहाललाई यसअघि नै निम्तो आइसकेको हो र उक्त फोरममा जाने वा नजाने भन्ने निर्णय मन्त्रिपरिषद्ले गर्न बाँकी नै छ ।

राजदूत दाहालले यसअघि शुक्रबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । त्यसबेला प्रधानमन्त्री दाहालले ओलीलाई भेटेर निस्केलगत्तै चिनियाँ राजदूत छन् ओली निवासमा दूतावासका आफ्ना दुई अधिकारीहरूसहित पुगेका थिए ।

 आफ्नो नयाँ जिम्मेवारी सम्हाल्न आएपछि चिनियाँ राजदूत छन्‌ले प्रधानमन्त्री दाहालभन्दा अघि ओलीलाई मात्र दुईपटक भेटेका हुन् । यस अघि राजदूत छन् र ओलीबीच बालकोटमै माघ ४ मा भएको थियो ।

योसँगै चीनले पनि नेपालको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनमा चासो दिएको संकेत गरेको छ ।

चीनले यस्तै सक्रियता एमाले र माओवादी मिलेर बनेको नेकपा निर्माण र त्यसलाई जोगाउने क्रममा देखाएको थियो । त्यस बेला नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले नेकपा एकीकरण गर्न र पछि नेकपालाई जोगाई राख्न घरदैलो गरेकी थिइन् । चिनियाँ चासोका बाबजुद तत्कालीन नेकपा टिकिरहन सकेन । स्रोतका अनुसार चीन लामो समयदेखि वामगठबन्धन चालिरहेको छ । ‘त्यहीअनुसार नेकपा बन्न र त्यस बेलाको नेकपा विवाद मिलाउनको लागि चीनले भूमिका खेलेको थियो,’ चीनलाई नजिकबाट बुझेका एक अधिकारीले भने,‘अहिले वामगठबन्धनकै सरकार टिकाउन र राष्ट्रपतिको चयन पनि साझेदारीमै हुँदा चीनले राम्रो ठान्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको