काठमाडौं । इलाम-२ को मतगणना सुरू भएको छ ।
फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाको मत गणना सुरु भएको हो ।
यसअघि सर्वदलीय बैठकले क्रमशः फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई, देउमाई, इलामको वडा नम्बर १ देखि गणना सुरु गर्ने निर्णय गरेको छ ।
मतगणना दुई स्थानबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । फाकफोकथुम १ मा यसअघिको स्थानीय तह निर्वाचनमा काँग्रेसका कर्ण बहादुर लिम्वूले ८०४ मत ल्याउँदा एमालेका बेगबहादुर निरौलाले ४७७ मत ल्याएका थिए ।
यस्तै माओवादीका भोजबहादुर बोहराले २२६ मत ल्याएका थिए ।
यस्तै २ नम्बर वडामा पनि काँग्रेसका यमबहादुर खत्री पौडेलले ७१४ मत ल्याउँदा एमालेका देउकुमार राईले ७०७ मत ल्याएका थिए भने जसपाका धनसिंह राईले ९२ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको