काठमाडौं । बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका हुन् ।
उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई २६६ मतले पराजित गर्न सफल भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न बाँकी छ ।
शनिबार भएको उपनिर्वाचनको अन्तिम परिणाम सोमबार सार्वजनिक हुँदा भण्डारीले सुदूरपश्चिम प्रदेश सभाको टिकट पक्का गरेका हुन् ।
विजयी भएका भण्डारीले ११ हजार ६१२ मत ल्याउन सफल भएका छन्।
उनीसँग पराजित कांग्रेका सिंहले ११ हजार ३४६ मत ल्याउन सफल भए ।
यहाँ नेकपा माओवादी केन्द्रका जनक बुढाको पक्षमा ३८ सय ३१ मत झरेको छ ।
उता नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५ सय १४ मत ल्याए ।
बझाङ १ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य २०८० असार ५ गते सवारी दुर्घटनामा ज्यान गएको थियो ।
उनको निधनपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले उनकै छोरा अभिषेकलाई टिकट दिएको थियो ।
तर प्रतिस्पर्धात्मक चुनावमा अभिषेकले बुवाको विरासत जोगाउन सकेनन् । बझाङमा सबै दल एक्ला एक्लै चुनावी मैदानमा थिए ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका र स्वतन्त्र उम्मेवार उठेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको