विनय कर्ण
राजविराज । नेपाली काँग्रेस र नेपाल विद्यार्थी संघ सप्तरीले बिहीबार महदेवा गाउँपालिका १ चिम्टीका अग्निपीडितहरुलाई राहत वितरण गरेको छ ।
काँग्रेसका सप्तरी सभापति रामदेव साहले अग्निपीडितहरुलाई ६ थान ट्युवेल, पाईप र त्यसको जडानमा लाग्ने खर्च सहित वडाध्यक्ष जयश्वर किशोर दासलाई हस्तान्तरण गरेका छन् भने नेविसंघले खाद्य सामग्री वितरण गरेको छ ।
अग्निपीडितहरुलाई स्वच्छ खानेपानी सहजका साथ उपलब्ध गराउन ट्युवेल वितरण गरिएको सभापति साहले बताए । उनले अग्निपीडितहरुलाई खाद्यान्न सहितका सामग्री विभिन्न सरकारी तथा गैरसकारी निकायबाट उपलब्ध हुँदै आएको अवस्थामा आफूले खानेपानीको आवश्यकतालाई पुर्ति गर्न जडान खर्च सहित ट्युवेलसेट उपलब्ध गराएको जानकारी दिए ।
यसैगरी नेपाल विद्यार्थी संघ सप्तरीले अग्निीपीडित ६६ परिवारजनलाई राहत स्वरुप खाद्य सामग्री उपलब्ध गराएको छ ।
राहत सामग्रीमा चामल, दाल, खानेतेल, च्युरा, नुन लगायतका सामग्री उपलब्ध गराईएको नेविसंघ सप्तरीका सभापति राकेश ठाकुरले जानकारी दिए ।
बैशाख १८ मा त्यहाँ भिषण आगलागी हुँदा ६६ परिवारका एक सय भन्दा बढी घर जलेर खरानी भएको थियो ।
अहिले अग्निपीडितहरुलाई बसोबासको समस्या रहेको स्थानिय वडाध्यक्ष जयश्वर किशोर दासले बताए । ‘खाद्य लगायतका सामग्रीको अभाव छ्रैन् तर, यहाँका पीडितहरुलाई बसोवासको मुख्य समस्या छ’ उनले भने ।
प्रति परिवारलाई कम्तिमा पनि पाँच जना सम्म बस्न सकिने ठोस घरको सबै भन्दा बढी खाँचो रहेकोले सहयोगी निकायहरुलाई त्यतातिर ध्यान दिन वडाध्यक्ष दासले आग्रह गरे ।
राहत वितरण कार्यक्रमा काँग्रेस सप्तरी उपसभापति रामकुमार यादव, सचिव सनत मंडल, युवा नेत ईरसाद अन्सारी, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साह, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण मंडल, कृष्णासवरण गाउँपालिकाका उपाध्यक्ष कल्पना चौधरी लगायतका उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको