
ललिता साह
काठमाण्डौ । अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष टुका भद्र हमालले महिलाले नेतृत्व गरेका निकायहरुमा ऐजेण्डा केन्द्रित र परिवर्तणमुखी हुनुपर्ने बताएका छन ।
काठमाण्डौमा मंगलवार नेपाल पत्रकार महासंघ र नर्सिङ्ग काउन्सिलको नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष हमालले महिलाहरुले नेतृत्व गरेको कार्यालयहरुमा उदाहरणीय रहँदै आएकोले पनि हामी महिलाको नेतृत्व अब्बल हुनु पर्नेमा जोड दिए ।
ग्रामिण भेगका महिलालाई सबै क्षेत्रको नेतृत्वमा आउन प्रेरित गर्नुपर्ने उनले सुझाए ।
नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्माले आफ्नो नेतृत्वमा महासंघको आगामी कार्यकाल महिलाको सबै सबै मुद्दामा सुक्ष्म ढंगले काम गर्ने बताए ।
देशमा नर्सिङ्ग पेशाका युवाहरु अझै आर्थिक शोषण खेप्नु परेको कारण उनीहरु विदेश पलायन हुनुपर्नन बाध्यता रहेको नर्सिङ्ग काउन्सिलको अध्यक्ष चन्द्रकला शर्माले बाताईन ।