राजविराज । वर्षाका कारण सप्तरीको सप्तकोशी नगरपालिका–६ बोचही बस्तीमा पानी पसेकाे छ । बाढीको जोखिम बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा उद्धार गरि सुरक्षित स्थानमा सारिएको छ ।
प्रजिअ पोखरेलको समन्वयमा सुरक्षा निकाय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्तरूपमा उद्धार कार्यमा जुटेका थिए । उद्धारपछि सबै प्रभावित परिवारलाई राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ ।
बाढीले गर्दा बस्ती जलमग्न बनेको र जनजीवन प्रभावित भएपछि तत्काल उद्धार गर्नुपर्ने अवस्था आएको थियो । उद्धार गरिएको परिवारहरूलाई अस्थायी शिविरमा आवश्यक खाद्यान्न, पानी, औषधी लगायतको व्यवस्थापन भइरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको