काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग यथाशक्य छिटो सञ्चालन गर्ने सरकारले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङले बीपी राजमार्ग ९भकुण्डेवेसी–नेपालथोक खण्ड० यथाशक्य सुचारु गरिने बताएका हुन् । भौतिक पुर्वाधार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले ३र४ दिनभित्रमा उक्त सडक सुचारु हुने बताए । वीपी राजमार्ग ९भकुण्डेवेसी–नेपालथोक खण्ड० र मेची राजमार्ग यथाशक्य छिटो सञ्चालनमा ल्याउनेगरी अवरोध हटाउने र डाईभर्सन बनाउने काम सुरु भएको उनको भनाइ छ । ‘जुन सडकहरूमा क्षति भएको छ । विशेषगरेर भकुण्डेवेशी–नेपालथोक जाने सडकलाई तत्कालै, काम सुरु गरिसकेका छौं । यसलाई छिटोभन्दा छिटो ३र४ दिनभित्रमा भनेका छन्,’ मन्त्री घिसिङले भने, ‘सकेसम्म त्यो भन्दा छिटो गर्ने गरेर ईक्युप्मेन्टहरू मोबिलाइज गर्नेगरी अघि बढेका छौं । अहिलेको लागि वैकल्पिक बाटोहरू प्रयोग गर्न अनुरोध गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको