
इलाम । गएरातीदेखिको अविरल वर्षाको कारण गएको पहिरोमा पुरिएर इलामका विभिन्न ठाउँमा २८ जनाको शव फेला परेको छ। सशस्त्र प्रहरीका अनुसार सूर्योदय नगरपालिका १ मा ५, इलाम नगरपालिका ६ मा ६ जना, देउमाइ नगरपालिकामा २, खापखुकपुङ गाउँपालिकामा १, मान्सेबुङ गाउँपालिकामा ३, माइजोकमाइ नगरपालिकामा ८ जना र सन्दकपुर गाउँपालिकामा ३ जनाको मृत्यु भएको हो। प्रहरीले दिएको जानकारीअनुसार अझै केही व्यक्ति हराइरहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। पहिरोका कारण दर्जनौं घरहरू पुरिएका छन् भने स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सारिँदै छन्।