काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा नेपालले इटालीलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ ।
भारतको वानखेडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर २ बल सबै विकेट गुमाउदै १२३ रन बनाएको हो ।
इटलीका क्रिशन कालुगामेजले सर्वाधिक तीन विकेट लिए । बेन मानेन्टीले दुई विकेट लिँदा अली हसन र जेजे स्मट्सले समान १–१ विकेट लिए ।
नेपालबाट आरिफ शेखले २४ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडे । ओपनर कुशल भुर्तेल आजको खेलमा चल्न सेकनन् । १० बल खर्चेर उनले ५ रन जोडे ।
उनी दोस्रो ओभरको अन्तिम बलमा आउट भएका थिए । दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल ६ ओभरको अन्तिम बलमा आउट भए । रोहितले १४ बलमा २३ रन जोड्न २ छक्का प्रहार गरे ।
इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह बन्दै १२३ रनमा समेटिएका हुन् ।







