एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका लागि बुधबार इजरायल पुगेका छन् ।

राजधानी तेल अभिभस्थित विमानस्थलमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनकी पत्नी सारा नेतान्याहूले मोदीलाई स्वागत गरेका हुन् ।

विमानस्थलमा भएको आत्मीय भेटपछि दुवै प्रधानमन्त्रीबीच छोटो निजी वार्ता भएको थियो। त्यसलगत्तै मोदीले इजरायली संसद नेसेटलाई सम्बोधन गरेका छन्। उनी नेसेटलाई सम्बोधन गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन्।

संसदमा प्रवेश गर्दा सांसदहरूले उभिएर ताली बजाउँदै “मोदी, मोदी!” को नारा लगाएका थिए। सम्बोधनका क्रममा मोदीले इजरायलमाथि हमासद्वारा गरिएको आक्रमणको कडा निन्दा गरे।

उनले भने,’हामी तपाईंहरूको पीडा बुझ्छौं। भारत लामो समयदेखि आतंकवादबाट पीडित छ। भारत इजरायलको साथमा दृढतापूर्वक उभिएको छ।’

उक्त अवसरमा नेसेटका अध्यक्षले मोदीलाई संसदको सर्वोच्च सम्मान ‘नेसेट पदक’ प्रदान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको