काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरलाई अर्थ मन्त्रालयमा तानिएको छ ।

पक्राउ परेका विचौलिया दिपक भट्टको कम्पनीमा श्रीमतीको नाममा शेयर लिएको खुलेपछि महानिर्देशक ठाकुर तानिएका हुन् ।

उनको ठाउँमा कसलाई पठायो भन्ने अहिलेसम्म खुलेको छैन । महानिर्देशक ठाकुर स्वयं भट्टसँग व्यवसायिक साझेदार रहेको प्रमाण सार्वजनिक भएपछि अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको थियो ।

सार्वजनिक विवरण अनुसार ठाकुरले आफ्नी श्रीमती राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता सेयर खरिद गरी भट्टसँग प्रत्यक्ष सम्बन्ध कायम गरेको देखिएको छ ।

विवादित हिमालयन रि ईन्स्योरेन्समा भट्टसहित शाहिल अग्रवाल, सुलभ अग्रवाल र शेखर गोल्छा लगायतको लगानी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको