काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा पद्या अर्याललाई चयन गरेको छ ।

मंगलबार संसदीय दलले अर्याललाई दलको उपनेतामा मनोनीत गरेको हो ।

एमाले केन्द्रीय कमिटी सचिवसमेत रहेकी अर्याल फागुन २१ को चुनावपछि समानुपातिकबाट सांसद बनेकी हुन् ।

दलको नेतामा यसअघि नै रामबहादुर थापा चयन भइसकेका छन् । एमालेले दुवै समानुपातिक सांसदलाई दलको नेता र उपनेता चयन गरेको हो ।

यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको