काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन लाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएको बताएका छन्।

भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले उच्चस्तरीय भेटवार्ताका क्रममा दुवै भारतीय नेतालाई नेपाल आउन आग्रह गरेको जानकारी दिए।

‘मैले यही भ्रमणमा भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको छु,’ लामिछानेले भने, ‘उहाँहरू दुवै सकारात्मक हुनुहुन्छ। अब दुवै पक्षको समय मिल्नेबित्तिकै भ्रमण सम्भव हुन सक्छ।’

लामिछानेका अनुसार भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, सीमा व्यवस्थापन, आर्थिक सहकार्य, क्षेत्रीय स्थिरता तथा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। उनले नेपाल र भारतबीच रहेका संवेदनशील विषयहरू संवाद र आपसी समझदारीमार्फत समाधान गर्नुपर्नेमा जोड दिए।

सीमा विवादबारे बोल्दै लामिछानेले यस विषयलाई भावनात्मक वा टकरावपूर्ण ढंगले होइन, कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताए। उनका अनुसार छिमेकी राष्ट्रबीचका जटिल विषयहरू वार्ता, संवाद र राजनीतिक इच्छाशक्तिबाटै समाधान हुन सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको