काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ।  संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

साथै, सभामुख डीपी अर्यालले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैबीच, सरकारले विभिन्न ९ वटा विधेयक संघीय संसद्‌मा पेस गर्न यसअघि नै स्वीकृति प्रदान गरिसकेको छ। यसअघि प्रतिनिधि सभाको पछिल्लो बैठक असार ३१ गते बसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको