काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुँदैछ । पहिलो खेल आज राति सवा आठ बजे शारजाहमा हुनेछ ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय शृङ्खला खेल्न लागेको हो ।
वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली हो । नेपालले अहिलेसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउन सकेको छैन ।
पछिल्लो समय खराब प्रदर्शन गरिरहेको वेस्ट इन्डिजलाई हराउने नेपालसँग अवसर पनि छ । वेस्ट इन्डिजले पछिल्ला १० टी–२० मा दुई वटा मात्र जितेको छ ।
नेपालले भने मिश्रित नतिजा निकालेको छ । नेपालले पछिल्ला १० टी–२० मा पाँच वटा जितेको छ ।
ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीका रूपमा रहनेछ । शृङ्खलाको दोस्रो खेल पर्सि सोमवार र तेस्रो खेल मङ्गलवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको