राजविराज । सप्तकोशी नगरपालिकामा बाढीमा फसेका  बीस जनालाई नेपाली सेनाले उद्वार गरेको छ ।
लगातारको अविरल बर्षाका कारण नगरपालिकाको वडा नम्बर ६ स्थित बोचही पोखरीया क्षेत्रका  ४२ घरधुरी डुवानमा परेपछि नेपाली सेनाले फसेकाहरुको सकुशल उद्वार गरेको हो ।
श्री बरख गणको सुरक्षा वेश सप्तरीबाट सहायक सेनानी सुकमन तामाङको नेतृत्वमा खटिएको १४ जनाको टोलीले त्यहाँ फसेका अशक्त, वृद्ध-वृद्धा, महिला र बालबालिकासहित करिब २० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको बरखगणका प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिए ।
वर्षाका कारण सप्तरीका तटीय क्षेत्रमा अझै पनि बाढीको जोखिम कायम रहेको र नेपाली सेनाको उद्धारटोली तयारी अवस्थामा रहेको प्रमुख सेनानी चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको