राजविराज । सप्तरीको चार बटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा सुरु गरिएको छ ।
मतदाता शिक्षा कार्यक्रम अन्तरगत जिल्लाको राजगढ गाउँपालिकाको ६ वटै वडामा मतदाता शिक्षा संचालन भईसकेको पालिकाका मतदाता शिक्षा अनुगमनकर्ता चन्द्र किशोर यादवले जानकारी दिए ।
राजगढ गाउँपालिकाको मतदाता शिक्षा अनुगमनकर्ता यादवले घरआँगनमा पुगेर दिइने शिक्षाले निर्वाचनलाई सरल, सहज र सहभागितामूलक बनाउन मद्दत पुग्ने बताए ।
मतदाता शिक्षा स्वयसेवकहरुले फागुन ३ गतेदेखि राजगढ गाउँपालिकामा कार्यरत सहजकर्ताहरुले आ–आफनो वडामा खटिएको मतदाता शिक्षा अनुगमनकर्ता यादवले बताए । मतदाताहरुलाई निर्वाचन सम्बन्धी जानकारीका साथै नमुना मतपत्र देखाई मतदान बुझाउने काम भईरहेको उनले बताए ।
अनुगमनकर्ता यादवको अनुसार तालिम प्राप्त बाल विकास सहजकर्ताले फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम संचालन भएको बताए । राजगढ गाउँपालिकाको सहजकर्ताहरुले घर–घरमा पुगेर मतदानको महत्व र आवश्यकता बुझाउनुका साथै नमुना मतपत्रका आधारमा मतदान गर्ने तरिका सिकाउने कार्य भइरहेको बताए ।
यस पटक एक जना मतदाताले दुईबटा मतपत्रमा मात्र मत दिनुपर्ने भएकाले केही सहज देखिए पनि बदर मत न्यूनीकरणका लागि मतदाता शिक्षा आवश्यक रहको राजगढ गाउँपालिका वडा नम्बर ५ को सहजकर्ता आरती कुमारी ठाकुरले बताईन् ।







