एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ ।
केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको सार्वजनिक गरेको हो ।
एक जना आँसुले भरिएको सरकारी टिभी प्रस्तोताले खामेनीको मृत्युको घोषणा गरे र देशले ४० दिनको शोक मनाउने बताए।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको दाबी गरेका थिए ।
शनिबार अमेरिका र इजरायलले इरानका विभिन्न सहरहरूमा भीषण आक्रमण गरेपछि आइतबार बिहान ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यस्तो घोषणा गरेका हुन् ।
ट्रम्पले लेखेका छन्, ‘इतिहासकै सबैभन्दा खराब व्यक्तिहरूमध्ये एक, खामेनीको अब मृत्यु भइसकेको छ।’ यद्यपि, इरानको तर्फबाट यस विषयमा कुनै आधिकारिक शोक वक्तव्य आएको छैन।







