काठमाडौं । अमेरिका र इजरायल मिलेर इरानमा आक्रमण गरेसँगै पाकिस्तानमा त्यसको विरोध सुरु भएको छ । पाकिस्तानको कराँचीस्थित संयुक्त राज्य अमेरिकाको वाणिज्य दूतावासमा आक्रमण भएको छ ।
आज (आइतबार) एक उग्र भीडले दूतावासमा आक्रमण गर्दा ९ जनाको मृत्यु भइसकेको छ भने कयौं घाइते भएका छन् ।
आक्रमणकारीहरूले दूतावासको बाहिरी सुरक्षा घेरा तोडेर भवनका केही भागमा आगजनी गरेका थिए। त्यहीकारण भवनका केही हिस्सामा आगो लागेको थियो।
त्यसक्रममा सुरूमा ६ जनाको मृत्यु भएको बताइएको थियो। तर पाकिस्तानी अनलाइन डनका अनुसार अहिलेसम्म मृतकको संख्या ९ पुगेको छ।
ईदी फाउन्डेशनको उद्धार टोलीका अनुसार प्रदर्शनकारीहरूले दूतावासमा पस्ने कोसिस गरेका थिए । त्यसपछि पुलिसले भीडलाई हटाएको थियो । जसका क्रममा कयौँ मानिस घाइतेसमेत भए।
एधीको विज्ञप्तिअनुसार, स्थिति नियन्त्रणमा लिन कानून कार्यान्वयन निकायले अश्रुग्यास प्रहार र लाठीचार्ज गर्नुपरेको थियो। पाकिस्तानी अनलाइन डनसँग कुरा गर्दै प्रहरी शल्यचिकित्सक डा. सुम्मैया सईदले छवटा शव कराँचीको सिभिल अस्पतालमा ल्याइएको जानकारी दिइन्।
गृहमन्त्रीले यातायात सहज राख्न वैकल्पिक मार्ग तय गर्न र कानुन कार्यान्वयन निकायलाई पूर्ण सतर्क अवस्थामा रहन तथा परिस्थितिको नजिकबाट निगरानी गर्न पनि निर्देशन दिएका छन्।
इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईको संयुक्त अमेरिका–इजरायल सैन्य कारबाहीमा मृत्यु भएको समाचार सार्वजनिक भएपछि उक्त घटना भएको हो ।
इरानमा आक्रमणपछि अमेरिका र इजरायलविरुद्ध विश्वव्यापी रुपमा आक्रोश र विरोध देखिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको