काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्री र सांसदहरूका लेबी तोकेको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त लेबी दर निर्धारण गरेको हो ।

पार्टीका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूका लागि मासिक १६ हजार ५०० रुपैयाँ तथा मन्त्रीहरूका लागि १८ हजार रुपैयाँ लेबी तोकिएको छ ।

त्यसैगरी स्वकीय सचिवालयसँग सम्बन्धित व्यक्तिहरूका लागि पनि मासिक २ हजार रुपैयाँ लेबी तोक्ने निर्णय गरिएको छ ।

हाल यो व्यवस्था मन्त्रीका स्वकीय सचिवका हकमा लागू हुने जनाइएको छ ।

मुख्य सचेतक बुर्लाकोटीले भविष्यमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने व्यवस्था कार्यान्वयन भएमा उनीहरूका स्वकीयलाई समेत सोही दरअनुसार लेबी तिर्नुपर्ने व्यवस्था हुने बताए ।

अहिले सांसदहरुले स्वकीय राख्न पाउने वा नपाउने भन्ने विषयमा छलफल जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको