काठमाडौं । २०८२ चैत १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारमा मन्त्री बनेकाहरूमध्ये २ जनाको मन्त्री पद गएको छ ।
सार्वजनिक रूपमा उनीहरुमाथि प्रश्न उठेपछि एक जनाले राजीनामा दिएका हुन् भने एक जना वर्खास्तीमा परेका हुन् ।
गृहमन्त्री सुधन गुरुङले आज राजीनामा दिएका हुन् भने केही समय अघि श्रममन्त्री दीपककुमार साह बर्खास्तीमा परेका थिए ।
विचौलिया दीपक भट्टसँग साँठगाँठ गरी अकुत सम्पत्ति आर्जेको आरोप लागेपछि गृहमन्त्री गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्री शाहमाथि दबाब परेको थियो ।
सत्ताधारी दल रास्वपाकै नेताहरूसहित विपक्षी दलहरू तथा जेनजी अभियान्ताहरुले गुरुङले राजीनामा दिनुपर्ने माग गरेका थिए । गुरुङले आफूमाथि लगाइएको आरोप झुटो रहेको बताउँदै आएका छन् । यद्यपि, छानबिनमा सघाउन राजीनामा दिएको उनको भनाइ छ ।
त्यसअघि आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा अनधिकृत रूपमा सहभागी गराउने भूमिका खेलेको भन्दै विवादमा परेपछि श्रममन्त्री साह पनि १३ दिनमै बर्खास्तीमा परेका थिए ।
उनलाई तत्कालै पदबाट फिर्ता बोलाउने निर्णय गर्दै रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई सिफारिस गरेका थिए । पार्टी सभापतिको सिफारिसका आधारमा साहलाई बालेन्द्रले बर्खास्त गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको