काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
मंगलबार साँझ प्रचण्ड निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा मुलुकको वर्तमान राजनीतिक अवस्थासँगै समसामयिक अन्य विषयमा कुराकानी भएको बताइएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि यी दुई शीर्ष नेताबीच पहिलोपटक औपचारिक भेट भएको हो ।







