काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा सरकारका प्राथमिकता निर्धारण, सम्बन्धित निकायहरूको भूमिकागत जिम्मेवारी, चालु तथा आगामी कार्यक्रम र बजेट व्यवस्थापनका विषयमा विचार विनिमय भइरहेको जनाइएको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उक्त छलफलमा यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावहरूबारेसमेत छलफल भइरहेको छ ।

गत चैत १३ गते प्रधानमन्त्री बनेका बालेनले विभिन्न पक्षहरुसँग छलफललाई जारी राखेका छन् । यसअघि बालेनले सबै सांसदहरु, मुख्यमन्त्रीहरु लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुसँग समेत छलफल गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको