काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ निर्वाचित सांसद नरहेको क्षेत्रमा समानुपातिकबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी दिएको छ ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार उक्त निर्वाचन क्षेत्रको समस्या र मागहरू सहजै सम्बोधन गर्ने उद्देश्यले पार्टीले जिम्मेवारी तोकेको हो ।
यसअघि आइतबार बसेको पार्टी सचिवालय बैठकले जिल्ला तथा निर्वाचन क्षेत्रसहितको जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको थियो ।
हाल १८२ सिटसहित संसदमा प्रतिनिधित्व गरिरहेको रास्वपाले देशभर १२५ स्थानमा प्रत्यक्ष र समानुपातिकबाट ५७ सिट पाएको थियो ।
जसअनुसार १२५ प्रत्यक्ष निर्वाचित बाहेकका ४० निर्वाचन क्षेत्रमा जितेको थिएन । यी क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको हो ।







