मोरङ । सिमानाकाबाट लागुऔषध तस्करी नियन्त्रणका क्रममा प्रहरीले गोली चलाएर एक युवकलाई पक्राउ गरेको छ ।

सोमबार राति रतुवामाई नगरपालिका–१ हटिया डाँडा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई रोकेर जाँच गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको हो ।

हवाई फायरपछि प्रहरीले २१ वर्षीय मोहम्मद आविद मियाँलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको साथबाट ४७५ ग्राम ब्राउन सुगर बरामद गरिएको छ।

पक्राउ परेका मियाँलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको