काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएरातिको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई १०३ रनले पराजित गरेको छ ।

मुम्बईको वानखेडे मैदानमा भएको खेलमा चेन्नईले दिएको २०८ रनको लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा १०४ रनमै अलआउट भयो । मुम्बईका तिलक वर्माले ३७ र सूर्यकुमार यादवले ३५ रन बनाए पनि अरू ब्याटरले खासै योगदान दिन सकेनन् ।

चेन्नईका अकिल होसिनले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै नूर अहमदले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । चेन्नईका सञ्जु सामसनले अविजित १०१ रन बनाए । मुम्बईका अल्लाह मोहम्मद गजनफर र आश्विन कुमारले समान २ विकेट लिए ।

यो खेलपछि प्रतियोगिताको अङ्क तालिकामा चेन्नई पाँचौँ स्थानमा उक्लिएको छ भने मुम्बई आठौं स्थानमा यथावत् छ ।

आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे रोयल च्यालेन्जर्स बैंग्लुरु र गुजरात टाइटन्स खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको