काठमाडौं । सरकारले ११ सहसचिवको सरुवा गरेको छ ।

यही वैशाख २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय तथा आयोगमा कार्यरत सहसचिवको सरुवा गरेको हो

जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमै कार्यरत श्री चन्द्र शाहलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अनिल कुमार दत्तलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अन्तर्गत र अर्थ मन्त्रालय अन्तर्गतका रामदत्त भट्टलाई पनि सञ्चारमै सरुवा गरिएको छ।

बाँकी सूची हेर्नुहोस्: 

sachib saruwa.jpg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको