काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरा विरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा हुने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य विदुर कोइराला सम्मिलित इजलासले थुनछेक बहस सम्पन्न भएपछि उक्त आदेश जारी गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २६ चैत, २०८२ मा पूर्वसभामुख कृष्ण बहादुर महरा, उनका छोरा राहुल सहित २९ जनामाथि ७ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

त्यसो त महरा यसअघि नै सोही प्रकरणमा पक्राउ परी थुनामुक्त भइसकेका व्यक्ति हुन् ।

०८२ साल मंसिर ११ गते उच्च अदालत पाटनले महरालाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसबेला जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि महरा थुनामुक्त भएका थिए ।

त्यसपछि भेपमार्फत सुन तस्करीमा संलग्नताको आरोपमा उनलाई दोस्रोपटक पक्राउ गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको