वीरगञ्ज । भारत सरकारले नेपाल प्रहरीलाई ७ हजारभन्दा बढी सुरक्षात्मक हेल्मेट हस्तान्तरण गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले सोमबार आयोजित एक समारोहमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्ति राज कोइराला लाई उक्त हेल्मेटहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
महावाणिज्य दूतावासका अनुसार हस्तान्तरण गरिएका हेल्मेटहरू नेपालका कानुन कार्यान्वयन निकायहरूले प्रयोग गर्नेछन् । यस सहयोगले नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरूको कार्यसम्पादन क्षमता थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा दुवै देशका सरकारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । भारतीय पक्षले नेपाल–भारतबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सुरक्षा सहयोगलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।

भारतले विगतदेखि नै नेपालका सुरक्षा, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार लगायत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको