काठमाडौं । राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत भएका छन् ।

आज बसेको राष्ट्रिय सभा बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतका लागि प्रस्तुत गरिएका थिए ।

सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि ८ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा राष्ट्रिय सभामा पेश भएका थिए ।

जसमध्ये चार वटा अध्यादेश राष्ट्रिय सभाले स्वीकृत गरेको हो ।

राष्ट्रिय सभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति नभएपनि सभाले अध्यादेश स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला गरिदिएको छ ।

यसअघि आजै प्रतिनिधिसभाले पनि यी चार वटा अध्यादेश स्वीकृत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको