‘भविष्य पुरानमा भगवान इन्द्रलार्ई रक्षाशुत्र बाँध्ने बहिनी नभएर पत्नी इन्द्राणी थिईन’
विनय कुमार लाल कर्ण,
राजविराज, मिथिलाञ्चल संगै नेपालमा पनि रक्षाबन्धन भब्यता र पवित्रताका साथ मनाउने गरिएको छ । तर यसको सन्दर्भ जब मिथिला संग जोडेर हेर्नु प¥यो भने वास्तवमै रक्षाबन्धन मिथिलाञ्चलको पर्व होइन भने बारेमा बुझनु पनि उत्तिकै आवश्यक रहेको छ ।
रक्षाबन्धन बिशुद्ध रुपमा भारतीय त्योहार हो । बलिउड बाट निर्मित हिन्दी सिनेमाको कथाको माध्मबाट मिथिलाञ्चल संगै नेपालकमा पनि लोकप्रिय बनेको छ । रक्षाबन्धन मनाउने सबै बिधि बिधानको नाता पनि हिन्दी फिल्मी कथा संग रहेको छ ।
हिन्दी सिनेमाले भाई बहिनीको त्योहारको रुपमा प्रचार–प्रसार गरी रक्षाबन्धन संग जोडेएर विभिन्न भावनात्मक तथा मनमोहक गीत संगीतहरु लाई फिल्मी कथामा समावेश गरेर मिथिलाञ्लबासीको हृदयमा आफ्नो घर बनाउन सफल भएकै हो ।
एउटा मिथिलाबासीको दृष्टिले भन्नु पर्दा रक्षाबन्धनको मिथिलाम यति नै महत्व छ की श्रावण पुर्णीमाको दिन पुरोहित वा गुरुजनले रक्षाको डोरी आफ्ना यजमान, शिष्य लार्ई बाँधि आर्शिवाद दिन्छन् यही पौराणिक चलन हो जुन अहिले पनि कायम छ ।
रक्षाबन्धन भाई बहिनीको त्योहार मात्रै हो भनेर स्थापित गरी राखी, फलपूmल, मिठाई संगै लत्ताकपडाको राम्रै ब्यापार हुने माध्यम बनाइएको मिथिलामा यस लार्ई ‘बहिनीको रक्षा प्रतिको प्रतिबद्धता’ ब्यक्त गर्ने दिन भन्दा पनि ‘ब्यापार राम्रो हुने दिनहरु मध्येको एउटा दिन श्रावण पुर्णीमा पनि हो’ भन्न सकिन्छ । “भैया मेरे राखी के बन्धनको निभाना’’ जस्ता सन्देश लेखेर विभिन्न डिजाईनका राखीहरु जति पनि बेच्न सकिन्छ ।
श्रावण पुर्णिमाको दिन जुडेकोले रक्षाबन्धनको पर्व संग जोडिएका प्रसंगहरुलार्ई उजागर गर्न आवश्यक छ ।
पौराणिक प्रसंग
रक्षाबन्धनको पर्व कहिले शुरु भएको हो यसको यकिन तिथि भन्न सकिंदैन तर भविष्य पुरानमा यसको बर्णन पाइन्छ । जब देव र दानवको युद्ध भएको थियो, युद्धमा देव माथि दानव हाबी भएकोले त्यसबाट भगबान इन्द्र चिन्तीत भई बृहस्पति नजीक जानु भएको थियो यी प्रसंग सुनेर इन्द्रकी पत्नि इन्द्राणीले वहाँ लार्ई मन्त्रको शक्ति ले पवित्र गरी रेशमको धागा बाँधि दिनु भएको थियो । त्यो दिन श्रावण पूर्णीमाको दिन थियो त्यसैले रक्षा सुत्र बाटै विजयी भएको विश्वास प्रचलनमा आएको भविष्य पुरानमा उल्लेख छ । तर त्यहाँ रक्षाशुत्र बाँध्ने भगबान इन्द्रकी बहिनी न भएर पत्नी इन्द्राणी थिइन् ।
स्कन्धपुराण, पद्मपुराण र श्रीमद्भागवतमा ‘वामनावतार’ नामक कथामा रक्षाबन्धकको प्रसंग पाइन्छ । दानबेन्द्र राजा बलीको प्रसंग त्यहींबाट शुरु हुन्छ । महाभारतमा युधिष्ठीरको सेना रक्षाका लागी रक्षाबन्धन त्यौहार मनाउन कृष्णले सल्लाह दिएका थिए र त्यस बेलामा द्रोपतीले कृष्णलार्ई तथा कुन्तिले अभिमन्यु लार्ई रक्षासुत्र बाँधेको प्रसंग पाइन्छ ।
प्राचीनकाल
प्राचिनकालमा भारतमा गुरुकूलमा अध्ययन गर्ने शिष्य स्नातकको शिक्षा पूरा गरेर गुरुकूलबाट बिदा लिने बेलामा गुरुको आशिर्वाद प्राप्त गर्न शिष्यले र शिष्यरक्षार्थ आचार्यले एक अर्कालार्ई रक्षासुत्र बाँध्ने चलन रहेको थियो ।
हिन्दी फिल्म प्रसंग
बलिउडमा सन् १९४९ मा राखी नाउको फिल्म निर्माण भएको थियो त्यस पछि सन् १९५७ मा भाभी, सन् १९५८ मा दो आँखे बारह हाथ र फेरी सन् १९६२ मा राखी नाउ बाटै बलिउडमा अर्को फिल्मको निर्माण भयो त्यसमा गीतकार राजेन्द्र कृष्णले “राखी धागौंका त्यौहार” गीत लेख्नु भएको थियो जुन अहिले पनि उत्तिकै लोकप्रिय छ । त्यस पछि १९६७ मा तीसरी कसम, सन् १९७२ मा राखी और हथकडी, १९७६ मा राखी और राइफल र रक्षाबन्धन जस्ता फिल्म ले भारत बाहिर रक्षाबन्धन लाई दाजु भाइ तथा दिदी बहिनीको त्योहारको रुपमा प्रचार प्रसार गरेका हुन् ।
सन् १९५०÷६० को दशकमा रक्षाबन्धन हिन्दी सिनेमा निर्माणका लागी लोकप्रिय बिषय बनेका थिए । त्यस पछि यस प्रसंग लाई जोड्दै परख, चम्बल कि कसम, अन्धा कानुन, घरद्वार जस्ता थुप्रै फिल्महरु बन्दै गए जसमा रक्षाबन्धन भाई बहिनीको त्यौहार हो भन्दै चित्रण गरिनुका साथै मनमोहक गीतहरु पनि समावेश गरिएको थियो । यसरी मिथिलाञ्चल संगै नेपालमा पनि रक्षाबन्धन भाई बहिनीको त्योहारका रुपमा स्थान पाउँदै गए जुन अहिले पनि निरन्तर छ । प्राचिनकालमा भारतको गरुकूलमा गरिएको परम्परा अनुसार मिथिलामा अहिले पनि पुरोहित ले यजमानलार्ई रक्षासुत्र बाध्ने गरेको छ ।
जानकारहरु भन्छन्
मैथिली साहित्य परिषद् सप्तरीका पुर्व अध्यक्ष एवम् प्रध्यापक अमरकान्त झा पनि यसमा सहमत हुनु हुन्छ । वहाँका अनुसार पहिले–पहिले भारतबाट पुरोहितहरु एतातीर आई रक्षासुत्र बाँध्ने गरेको थियो त्यसपछि यहाँका पुरोहितहरु रक्षासुत्र बाँध्ने शुरुवात गरेका हुन् । “रक्षाबन्धन मिथिलाको पर्व होइन, भाई बहिनीको त्योहारको रुपमा मात्रै यसलाई स्थापित गर्नुमा र प्रचारबाजी गर्नुमा भारतीय सिनेमाको ठूलै हात रहेको छ । भारतीय पर्व रक्षाबन्धन लार्ई मिथिलाको पर्व भन्नु मिथिला संस्कृति माथिको सांस्कृतिक अतिक्रमण हो ।” प्राध्यापक झाको भनाई छ ।
साहित्कार धीरेन्द्र प्रेमर्सीका अनुसार वेद् शास्त्रमा धैरै कुराहरु लेखिएका छन् ती सबै मिथिलाञ्चलकै हुन भन्नु तर्क संगत होइन । पर्व त्योहार लाई मूलतः दुई बिधी अनुसार मनाउने गरिएको छ । एउटा शास्त्राचार विधि र अर्को लोकाचार विधि जस मध्ये मिथिलाञ्चलमा लोकाचार विधिले मान्यता प्राप्त गरेका कारण लोकाचार लार्ई मिथिलामा मूल आधार मानिएको छ, त्यसैले वेद शास्त्रमा भएका जति सबैलार्ई मिथिलाको पर्व भन्न सकिंदैन । “रक्षाबन्धन मिथिलाको पर्व होइन यो भारतीय पर्व हो, हिन्दी सिनेमाबाट प्रेरित भएर भाइ बहिनीको त्योहारको रुपमा आज मनाइए पनि यसलाई मिथिलाको पर्व मान्न सकिन्दैन भारतबाट आयातीत भएको हो । मिथिलामा भाई बहिनीको त्योहार भरद्वितीया अर्थात भाईटिका रहेको छ’’ प्रेमर्सीको कथन छ ।
इतिहास विद् हरिकान्त लाल दास भन्नु हुन्छ– रक्षाबन्धनको धार्मिक पक्ष आफ्नो ठाउमा छ । इतिहास भन्छ महारणा प्रतापका पत्नि मेबाडकी रानी कर्माबतीले आफ्ना राज्यको रक्षा गरिदिनका लागी मुगल सम्राट हुमायूँ लाई राखी पठाएकी थिइन् । त्यसलार्ई स्वीकार गरी हुमायूँले आफ्नो सेना लिएर कर्माबतीको रक्षा गर्न गए, रक्षा पनि गरे, तर त्यसमा वहाँ लाई आफ्नो राज्य पनि गुमाउनु परेको थियो । यो १५ हौं शताब्दीको एउटा एतिहासिक कुरा हो बाबरको छोरा मौगल सम्राट को समय बाट यसको शुरुवात भएको हो, यसलाई मान्छे ले अर्कै रुपमा लियो, भाइ बहिनी को रुपमा लियो तर यो मिथिलाको पर्व होइन यस लाई अतिशयोक्ति बनाइ दिएको छ ।
“रक्षाबन्धनको शुरुवात भारतबाटै भएको हो यसलार्ई फिल्मीकरण गरियो यो अर्कै कुरा हो तर यसको शुरुवात भारतबाट भएकोमा कुनै दुई मत छैन यो मिथिलाञ्चलको पर्व होइन यहाँ नक्क्ल गरिएको छ । मेरो भाषामा यस लार्ई फिल्मीकरण गरिएको छ । यस लार्ई यसै रुपमा लिनु पर्छ भन्दै वहाँ प्राध्यापक अमरकान्त झा र धिरेन्द्र पे्रमर्सी को विचार संग सहमत छु ।” दासले भने ।
जैन धर्ममा पनि त्यहि कुरा “जैन दृष्टिकोण से रक्षाबन्धन पर्व’’ शिर्षकमा पवन कुमार जैन ( मुरादाबाद ) ले लेख्नु भएको छ । रक्षाबंधन पर्व प्राचीन भारतीय संस्कृतिको एउटा प्रमुख पर्व हो ।
श्रीमति कल्पना झा को संकलन र डा. रामानन्द झा ‘रमण’ सम्पादक रहनु भएका “मिथिलाक व्रत आ पावनि तिहार’’ किताब को संस्करण बर्ष सन् २००९ मा प्रष्ट लेखिएको छ “साओन पुर्णीमाक राखी भगवानकेँ अर्पित कऽ लोकमे बान्हक प्रथा मिथिलामे अछि । देखासिखी मिथिलामे लोक भाइ बहिनकेँ राखी बान्है छथि जे मिथिलाक ब्यवहार नहि अछि देखाउस अछि ।’’ ई गप्प उचित नहि कारण ‘स्वधर्मे निधनं श्रेयः परधर्मौ भयावहः।’ परम्पराक अनुसार गुरुजनसँ बन्हाओल जाइत अछि ।
अहिले पनि मिथिलामा बस्ने अग्रज विद्वान एवम् बयोबृद्ध हरु भन्छन् आफूहरुको बुवा बाजेको बहिनी आएर राखी बाँधेको हामीले हेरेका छैनौं ।
के ई सबै प्रसंगहरुले “मिथिलाञ्चलको पर्व होइन रक्षाबन्धन’’ भारतबाट आयातीत हो भन्दैन र ? यो कुरा छुट्टै हो श्रधा पुर्वक मिथिला संगै नेपालमा पनि यस त्यौहारले मान्यता पाएको हो । रक्षाबन्धनमा बहिनीको रक्षा गर्ने प्रतिबद्धता ब्यक्त गरीन्छ तर नारी स्मीताको रक्षा गर्न सकदैन, नारी हिंसालाई रोक्न सकदैन यस्तो आडम्बरी गर्नु भन्दा पनि यसलाई मनाउने हो भने नारी रक्षा दिबसको रुपमा मनाउँ र त्यसलाई ब्यबहारमा उतारौं शायद त्यो मिथिला संगै नेपालका लागी पनि फाइदाकारक हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost
