काठमाडौं । नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पदबहाली गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर उनले पदबहाली गरेका हुन् ।

उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

उनी सभामुखमा निर्विरोध भएका थिए ।

धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मिएका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित भए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं ९ बाट निर्वाचित भएका थिए। निरन्तरको सङ्घर्षबाट वैकल्पिक राजनीति यात्रामा होमिएका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी वहन गरिसकेका छन्।

नवनिर्वाचित सभामुखमा अर्यालले जापानलगायत विभिन्न देशमा अध्ययन, अनुसन्धान, रोजगारी तथा व्यवसाय सञ्चालन गरेका थिए। वर्षदेखि स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ विगत २५ वर्षदेखि पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा उनी क्रियाशील छन्।

व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाएका अर्यालले २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक उपसभापति हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको