काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सभामुखमा निर्वाचित भए लगत्तै संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले सोधेका प्रश्नहरुको जवाफ दिँदै सभामुख अर्यालले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले संविधानको पालना गर्दै सबै सांसदहरूको सम्मान हुनेगरी आफू अघि बढ्ने समेत बताए ।

उनले भने- ‘संविधान, कानुन राम्रोसँग हेरेको छु मैले । त्यसलाई पालना गरेर सबै माननीय ज्यूहरूलाई सम्मान हुने किसिमबाट सदनको मर्यादा कायम हुनेगरी निष्पक्ष भूमिका निर्वाह हुन्छ ।’

अर्यालको पद तथा गोपनीयताको शपथ आजै दिउँसो साढे २ बजेका लागि तय भएको छ ।

सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताका शपथ खुवाउनेछन् ।

यसअघि शुक्रबार भएको सभामुख पदको मनोनयन दर्ताका क्रममा अर्यालको एकल उम्मेदवारी परेको थियो । सोही कारण उनी निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको