विनय कर्ण
“जितिया पावनि बड भारी, धियापुता केँ ठोकि सुतेलनि अपने खएलनि भरि थारी” मैथिली भाषाको यो कथन मिथिलाञ्चलमा निकै लोकप्रिय रहेको छ । यसको अर्थ “जितिया पर्व गर्न एकदमै गा¥हो छ, बाल बच्चाहरु लाई सुताएर ब्रतालुले थालभरि खान्छिन ।”
जितिया पर्व संग जोडिएको यो कथनबाट दुईटा भाव आउँछ एउटा यो पर्व एकदमै गा¥हो पनि छ र अर्को ब्रतालुले थालभरि खान्छिन, दुईखाले भाव झल्काउने यो कथनको जितिया पर्व संग ठूलै सम्बन्ध रहेको छ । जितिया पर्वको बारेमा भविष्य पुराणमा बर्णन पाईन्छ ।
आश्विन कृष्णपक्ष अष्टमीको तिथिमा उपवास बस्ने र तिथि परिवर्तन भएपछि ‘पारणा’ अर्थात ब्रतलाई विधिवत् समापन गरिन्छ ।
मिथिलाञ्चलमा यो ब्रत गर्नेहरु एकदिन अघि देखि ‘सधवा’ अर्थात (श्रीमान जिवितै रहेको महिला) ले ‘माछ–मडुवा’ (माछा र कोदो) खाने चलन छ भने विधवाले ‘अर्बा–अर्वाईन’ खाने चलन छ ।
जितिया ब्रतको शुरुवात हुनु अघि र अष्टमी तिथिको शुरुवात भन्दा पहिले चुडा दही खाने चलन छ जसलाई मैथिलीमा ‘ओठगन’ भनिन्छ ।
पानि सम्म नखाई निराहार ब्रत बस्नु पर्ने भएकोले जितिया पर्व गर्न गा¥हो छ र दुई दिन सम्म उपवास बस्नु पर्ने भएकोले अष्टमी तिथिको शुरुवात हुनु अघि दही चुरा टन्न खानुलाई मैथिली कथनले जोडेको छ । प्रायः अष्टमी तिथिको शुरुवात विहान ३–४ बजे पछि हुने गर्दछ र त्यती बेला बाल बच्चाहरु सुतिरहेका हुन्छन् । त्यसैले मैथिलीमा भनिएको हो “ जितिया पावनि बड भारी, धियापुता केँ ठोकि सुतेलनि अपने खएलनि भरि थारी”
निराहार बस्ने यो ब्रतमा अष्टमी तिथिको शुरुवात संगै ब्रतालुहरु पोखरी, नदी तथा जलाशयमा स्नान गरि पुर्व तिर फर्केर तामाको अर्घामा अर्घ लिएर भगवान सुर्यलाई अर्घ दिन्छन् र तेल तथा पिना पनि चढाउँछन् संगै त्यो तेल र पिना आफ्नो पुत्रको टाउमा लगाई दिने प्रचलन छ ।
पुत्रको दिर्घायुको कामनाका साथ महिलाहरुले गाईको गोवरले आँगन लिपेर पवित्र पारी शालिबाहन राजाका पुत्र जिमुतवाहन कुशको प्रतिमा बनाएर कलशको जलमा स्थापना गरी कलशको चारैतिर सुसज्ज्ति पारेर पोखरीको निर्माण गर्छन् ।
त्यसपछि ‘पाकैर’ अर्थात पाकरी रुखको हाँगा ल्याई त्यसलाई रुखको रुपमा रोपेर सो माथि माटोको ‘चिल्होरि’ अर्थात बाझको आकृती बनाएर राखि अनि तल ‘गिदरनि’ को आकृती बनाएर राखी दुवैको टाउकोमा सिन्दुर लगाई फुलमाला, अक्षत, धुपदीप, नैवेद्य जसमा ‘केराउ र खिरा अनिवार्य राखिन्छ’ सहित बाँसको पात राखि पुजा गर्नाले बंशको बृद्धि हुन्छ र पुत्रको जे जति ग्रह, चक्र भएपनि त्यसबाट मुक्ति मिल्ने साथै सबै प्रकारको मनोरथ पुराहुने जन विश्वास छ ।
यसैगरी जितिया ब्रतको पहिलो दिन ब्रतालु महिलाहरुले जिमुतबाहनको कथा सुन्ने र कथा बाचन गर्नेलाई दक्षिणा दिने चलन रहि आएको छ ।