कोलम्बिया । कोलम्बियामा ५२ वर्षदेखि चलिरहेको गृहयुद्धको अन्त्य भएको छ । सरकार र वामपन्थी फार्क विद्रोहीबीच ऐतिहासिक शान्ति सम्झौता भएसंगै ५२ वर्षदेखि चलेको गृहयुद्धको अन्त्य भएको हो । राष्ट्रपति जुवान म्यानुअल सान्तोष र फार्क विद्रोहीका नेता तिमोलियो जिमेनेजले शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता हस्ताक्षर कार्यक्रममा शान्ति झल्काउन सबैले सेतो पहिरन लगाएका थिए भने गोली आकारको कलमले सम्झौतामा हस्ताक्षर गरिएको थियो । हस्ताक्षर कार्यक्रममा संयुक्त राष्ट्र संघका महासचिव बान की मुनसहित ल्याटिन अमेरिकी देशका नेताहरु पनि सहभागी थिए । शान्ति सम्झौता लागू भएपछि युरोपियन युनियनले कोलम्बियाको पुनर्निर्माणमा मद्दत गर्ने छ । सम्झौतालगत्तै युरोपियन युनियनले कोलम्बियाको फार्क विद्रोहीलाई चरमपन्थी संगठनको सूचीबाट हटाएको छ । सम्झौताअनुसार फार्क समूह अब राजनीतिक पार्टीका रुपमा स्थापना हुने छ । शान्ति सम्झौतामाथि आगामी अक्टोबर २ तारिखमा जनमत संग्रह हुने छ । गृहयुद्धका कारण कोलम्बियामा २ लाख ६० हजार मानिसको मृत्यु हुनुका साथै ६० लाख मानिस विस्थापित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost