अनिल पोखरेल
सप्तरी/ सप्तरीको कञ्चनरुप नगरपालिका वडा नंम्बर ८ रुपनगरको शिव मन्दिरटोलमा रहेको विद्युत् ट्रान्सफमर पड्केपछि यस भेगका वासिन्दाहरु विगत पाँच दिन देखि अँध्यारोमा बस्न बाध्य भएका छन ।
वडा नंम्बर ८ रहेको १०० केभीको ट्रान्सफर्म शनिवार साँझ अचानक पड्केपछि प्राधिकरणले अर्काे ट्रान्सफर्म नलगाएकोले त्यस भेगमा विद्युत आपुर्ति बन्द भएको हो ।त्यस क्षेत्रमा विद्युत आपूर्ती हुन नसकी पानी खान नपाई हाहाकार नै मच्चिएको छ ।
स्मरणीय छ, यस भेगमा ट्युवेलमा पानी नआई समरसियल पम्प जडान गरी विद्युत्को मार्फत पानी खाने गरेको जोहो गरिएको छ ।
सात वटा टोलमा विद्युत वितरण सोही ट्रान्सफर्मरबाट गरिएको हुँदा क्षमता भन्दा बढी लोड पर्न जाँदा ट्रान्सफर्मर पडकिएको स्थानियहरुले बताए । विद्युत प्राधिकरण संग अर्काे ट्रान्सफम नभएका कारण बनाएर ल्याउन समय लाग्ने नेपाल विद्युत प्राधिकरण कञ्चनपुर शाखाले जनाएको छ ।
उक्त भेगमा एक पछि अर्काे ट्रान्सफर्मर पड्कीने क्रम विगत महिनौ देखि चलिरहँदा प्राधिकरण हाल सम्म सोको कारण पत्ता लगाई समस्या समाधानका लागि तदारुक्ता नदेखाएको स्थानीयहरुको गुनासो रहेको छ ।