काठमाण्डौ–नक्सापास नगरी र निर्धारण गरिएका मापदण्डविपरीत निर्माण भएका घरलाई भत्काउन सरकारले निर्देशन जारी गरेको छ ।
सरकारले देशै भरिका नगरपालिकालाई तोकिएको मापदण्ड विपरित निर्माण गरिएको घर भत्काउनका लागि अभियान चलाउन निर्देशन दिएको हो ।
संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले भूकम्पबाट देशमा ठूलो क्षतिभएपनि विना नक्सा अनुनमति मापदण्ड मिचेर घर निर्माण गर्ने क्रम नरोकिएपछि देशभरिका २ सय १७ वटै नगरपालिकालाई मापदण्ड कडाइका साथ कार्यान्वयन गराउन निर्देशन दिएका छन् ।
नगरक्षेत्रभित्र नक्सापास नगरी मापदण्ड विपरीत बनेका भवनको प्राविधिक टोलीबाट विवरण संकलन गरी त्यस्तालाई मार्किङरसिलबन्दी गर्ने, भत्काउन निर्देशन दिने, अटेर गरे आफैं भत्काउन लगाउने कामलाई तीव्रता दिई त्यसको मासिक प्रतिवेदन पठाउन मन्त्रालयले मन्त्रालयले नगरपालिकालाई पठाएको निर्देशन–पत्रमा उल्लेख छ ।
सरकारले तोकेको मापदण्डविपरीत घर बनाएकाहरूको नाम तथा तस्बिर वेबसाइटमार्फत सार्वजनिक गर्न र त्यस्तालाई सघाउनेमा नगरपालिकाको कुनै कर्मचारीको संलग्नता भेटिए विभागीय कारबाही गर्न मन्त्रालयको निर्देशन–पत्रमा भनिएको छ ।
मन्त्रालयको नगरपालिका तथा वातावरण व्यवस्थापन महाशाखा प्रमुख गोपीकृष्ण खनालका अनुसार ‘भूकम्पपछि पनि मानिसले चेतेका छैनन् र निर्माणमा जथाभावी गर्दै आएका छन्, त्यसलाई नियन्त्रण गर्नु मन्त्रालयको उद्देश्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको